नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले जानकारी दिनुभयो । “सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उहाँले भन्नुभयो, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।” अस्पतालमा दैनिक ६ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
होल्डिङ सेन्टरमा अमानवीय र विभेदपूर्ण व्यवहार गरेको भन्दै मानव अधिकार आयोगमा निवेदन
होल्डिङ सेन्टरमा आफूहरूलाई अमानवीय र विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै