INSEC Online

पहिरोका कारण तीन घर विस्थापित

सङ्खुवासभामा अविरल वर्षासँगै आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकामा पहिरोका कारण तीन घर विस्थापित भएका छन् । जेठ ६ गते अविरल वर्षासँगै आएको पहिरोले सभापोखरी गाउँपालिका–१ धुपुमा धन बहादुर विश्वकर्माको चार जनाको परिवार र शान्तिराम पोख्रललेको चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।

पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका —६ खानीडाडाँमा यार बहादुर तामाङको ६ जनाको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । पहिरोले विश्वकर्माको दुई तले घर पछाडी तिरको भाग तानेको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिराम घर समेत उच्च जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । पहिरोबाट विस्थापित अहिले छिमेकी आश्रय लिएर बसेका छन् ।

धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली खटिएर विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ । विस्थापित परिवारको राहतका लागि जनप्रतिनिधि र सरकारी कार्यालयहरुसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

 भविन कार्की

अन्य

भिडियो