INSEC Online

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

पाख्रिवास नगरपालिका–७ मुगाका ४७ वर्षीय पत्रकार गोपाल बराइलीले आफूलाई समाचारको विषयलाई धम्की दिइएको आरोप लगाउनु भएको छ ।

महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ४४ वर्षीय पर्शु कार्कीले समाचारको विषयलाई लिएर ०८३ असार ४ गते भौतिक आक्रमणको धम्की दिएको पीडित पत्रकारले बताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका क्षेत्रीय सदस्य समेत रहेका कार्कीले समाचारको विषयलाई लिएर ०८३ असार ४ गते मेसेञ्जरमा जातीय ढङ्गले गालीगलौच गरी परिवारको ख्याल राख्न धम्की दिएको पीडित पत्रकार बराइलीले बताउनु भयो ।

रेडियो धनकुटा एफएमका सञ्चालक तथा स्टेशन मेनेजर बराइलीले आफूलाई आरोपित कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब दिएको बताउनु भयो ।

समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको धम्की दिएको घटनाको पत्रकारहरूले विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ, धनकुटा शाखाले असार ५ गते विज्ञप्तिमार्फत घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

राहदानी छपाइ प्रकरणको बारेमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती तथा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको बारेको समाचार धनकुटा एफएम डटकममा असार ४ गते प्रकाशित भएपछि भौतिक आक्रमणको धम्की आएको पीडित पत्रकारको आरोप छ ।

ईश्वर थापा

अन्य

भिडियो