राष्ट्रिय भूमि आयोगका पूर्व उपाध्यक्ष ५६ वर्षीय नहेन्द्र खड्कालाई प्रहरीले ०८३ असार २७ गते गिरफ्तार गरेको छ।
सुकुम्बासीलाई सरकारविरुद्ध उक्साएको आरोपमा खड्कालाई कीर्तिपुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन आचार्यले जानकारी दिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका खड्कालाई कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर क्षेत्रबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।