INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका  २९ वर्षीय प्रविण राउतलाई असार १ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८३ जेठ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार १ गते गरिएको छ ।

नरेश खाती

अन्य

भिडियो