भैरबी गाउँपालिका–५ लिउँडा घर भई हाल जिल्ला सदरमुकामको नारायण नपा–८ तर्ताङ्ग डेरा गरी बस्ने २५ वर्षीया कविता सुनारलाई ४० वर्षीय पति अर्जुन सुनारले फागुन ३० गते विहान कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
‘तँ घर नबस, अर्को विवाह गर्छु’ भन्दै कुटपिट गरेको खुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ३० गते नै उजुरी परेको प्रहरीले जनायो ।
आरोपितलाई खोज्न जाँदा फेला नपरेको तर खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले इन्सेकलाई बताए ।