२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका– १९ का ४१ वर्षीय टीका बहादुर रानालाई ०८३ जेठ २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई जेठ २२ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।