दश वर्षीया बालिकालाई फागुन २४ गते बलात्कार गरेको आरोपमा टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्घ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी केशव कुमार थेवेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको छ ।