आठराई गाउँपालिका–५ छातेढुङ्गा अर्चलेकी ८० वर्षीया चतुरमाया तामाङ र ३९ वर्षीया इन्दिरा तामाङलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ४२ वर्षीय टङ्कबहादुर तामाङलाई गिरफ्तार गरेको छ ।
कुटपिटबाट सासूको अनुहारमा चोट लागेको छ भने पत्नीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–१ स्थायी घर भइ आठराई गाउँपालिका–५ छातेढुङामा बस्दै आएका टङ्कबहादुर तामाङले ०८३ जेठ २१ गते घरायसी विवादका क्रममा पत्नी र सासूलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिट घटनाका आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, संक्रान्तिमा उजुरी दिएको थियो ।
घाइते सासूको जिल्ला अस्पतालमा पाँचथरमा उपचार भइरहेको छ ।