भरतपुर महानगरपालिका-५ को कार्यालय भवनमा फागुन २८ गते राती बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिस्फोटका कारण कार्यालय भवनमा आगो लागेको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेलगत्तै घटनास्थल पुगेका सुरक्षाकर्मीले आगो निभाएका थिए । बिस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुल्न नसकेको तर आंशकाका आधारमा चितवन प्रहरीले ६ जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।