३१ दिनकी छोरीको हत्या गरेको आरोपमा स्याङ्जा पुतलीबजार नगरपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोल बस्ने ३७ वर्षीया मैना थापालाई ०८३ जेठ १४ गते इलाका प्रहरी कार्यालय बेलचौताराले गिरफ्तार गरेको छ ।
मैनाले आफ्नै ३१ दिनको छोरी प्रिन्सीका थापालाई घरबेटिको करेसाबारीमा खाडल खनि पुरेको अवस्थामा पति गोपाल थापाले देखि तत्काल खाल्डोबाट निकाली उपचारको लागी तनहुँ सेवा अस्पताल दुलेगौडा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
शवको पोष्टमार्टम जेठ १५ गते गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।