कारागार कार्यालय नवलपरासीमा नयाँ कारागार सञ्चालन भए लगत्तै विभिन्न कारागारबाट र स्थानीय स्तरमा भएका अपराधका घटना बृद्धिका कारण ३ गुणा बन्दी पुगेपछि दैनिक जसो ५ देखि १० जना बन्दी बिरामी हुने गरेका छन् ।
कारागार प्रशासनका अनुसार रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा, पर्साको बीरगञ्जलगायतका कारागारबाट र स्थानीय अदालत प्रशासनबाट विभिन्न अपराधको घटना बढेपछि कारागारमा २ सय ९५ जना पुरुष र ५३ जना महिला गरी जम्मा ३ सय ४८ जना कैदीबन्दी र ५ जना आश्रति बालबालिका रहेका छन् ।
बिरामीहरूमा मौसम परिवर्तनसँगै छालासम्बन्धी रोग, झाडापखाला, ज्वरो, टाइफाइड, डिप्रेसन जस्ता रोग देखिएको जेलर पप्पु यादवले जानकारी दिए ।