INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा ६५ वर्षीय बृद्धको हत्या

भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।

भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक वन परिसरमा घाँटी रेटिएको अवस्थामा बृद्धको शव फागुन २४ गते फेला परेपछि स्थानीयले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए ।

पाँच दिनदेखि हराएका राजवंशीको शव घाँटी रेटिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर याम श्रेष्ठले बताए ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फागुन २६ गते गरिएको छ ।

अन्य

भिडियो