सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि बेपत्ता गराएको आरोपमा प्रहरीले सोही ठाँउ बस्ने ४३ वर्षीया रिता कुमारी यादवलाई ०८३ जेठ ६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई बेपत्ता पारिएको भन्दै ०८२ चैत ४ गते सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरका ४५ वर्षीय महेश्वर प्रसाद यादव, २१ वर्षीय कुन्दन यादव र ३० वर्षीय धर्मदेव यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए । आरोपितहरुलाई रिताले बेपत्ता गर्ने कार्यमा सहयोग गरेको भन्दै अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित परिवारका अनुसार बालिका सात वर्षदेखि महेश्वर प्रसाद यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। होलीमा घर आएको समय बालिकामा शारीरिक परिवर्तन देखिएपछि जाँच गर्दा सात महिनाको गर्भ रहेको पाइएको थियो । चैत १३ गते बालिका र उनकी दिदी प्रहरीको सम्पर्कमा आएका थिए। महेश्वरले बहिनीको गर्भपतन गराएर सिकिस्त बिरामी रहेको भन्दै फोन गरेर सिरहाको लहान बोलाइ धम्क्याउँदै बिहारको जोकही पुर्याएर दिदीबहिनीलाई बन्धक बनाएर राखेको उनले बताइन् । अन्य आरोपितहरु फरार रहेको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।