मुसिकोट नगरपालिकाकी ३४ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–११ का २० वर्षीय सुवास बटाला र मुसिकोट नगरपालिका–१३ का २५ वर्षीय यमन ओलीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितद्वयले फागुन २३ गते बिहान महिलाको कोठामै गई संवेदनशील अङ्गमा छोएको र सोही दिन साँझ फेरि कोठामै गएर मुख थुनेर बलात्कार गर्न खोजेपछि भाग्न सफल भएको पीडित महिलाको भनाई छ ।
पीडित महिलाले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।