१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई ०८३ जेठ ५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई दोलखाको शैलुङमा घुम्न आएको बेला विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको पीडित परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले बताउनु भयो।