INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका बागलुङ नगरपालिका– ७ का ३४ वर्षीय मिठु किसान भन्ने सुरेश बोहोरालाई ०८३ जेठ ४ गते प्रहरीले बागलुङ नगरपालिका–२ शिवधारा चोक स्थितबाट गिरफ्तार गरेको छ ।

बोहोरालाई सजाय भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी यामनारायण अर्यालले जानकारी दिनुभयो ।

बोहोरा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो