इस्मा गाउँपालिका-६ अमरपुरकी ४३ वर्षीया यनी भनिने सावित्रा कुमालको ०८३ वैशाख २९ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति ४५ वर्षीय थम्मन बहादुर कुमाललाई सोही दिन गिरफ्तार गरेको छ।
पीडित पक्षले आरोपितविरुद्ध वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएको छ ।
आरोपितले मादक पदार्थ सेवन गरी विवाद भएपछी पत्नीलाई कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट सावित्रको टाउकोमा चोट लाग्नुका साथै सातवटा करङ्ग भाँचिएको र घटनाको थप अनुसन्धान हुदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा बहादुर सारुले बताउनुभयो । घाइते कुमालको गुल्मी अस्पतालमा उपचारको क्रममा वैशाख २९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टम वैशाख ३० गते गुल्मी अस्पताल तम्घासमा गरी सद्गतकालागि आफन्तले बुझेका छन् ।