तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्लाकी ३५ वर्षीया अनिता देवी रायको शव हातखुट्टा बाँधिएको अवस्थामा ०८३ वैशाख ३० गते कोशी नदी किनारमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बरबहादुर पुरीका अनुसार वैशाख २२ गते रातिदेखि घरबाट हराएकी अनिताको शव तिलाठी कोईलाडी गाउँपालिका–५ स्थित ‘नौ किलोमिटर’ क्षेत्र अन्तरगत कोशी नदी छेउमा सडेको अवस्थामा फेला परेको हो। शवको प्रकृति हेर्दा ढुङ्गा प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीले महिलाको खोजतलास गर्ने क्रममा वैशाख २५ गते घरको कोठाको खाटमा ‘फ्लाइट मोड’ मा राखिएको मोबाइल फेला पारेको तथा ओछ्यान मुनि रगतको छिटा समेत भेटिएको जानकारी दिएको छ।