INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रशासनमा उजुरी

चापाकोट नपा–०५ बस्ने ६७ वर्षीय डिल्लिराम पौडेललाई सोही वडाका वडाअध्यक्ष इन्द्रबहादुर शाहीले कुटपिट गरेको भन्दै फागुन १९ गते जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा उजुरी दिएका छन् ।

पीडितलाई फागुन १३ गते भएको जग्गासम्बन्धी छलफलका क्रममा वडाध्यक्ष शाहीले लात्ति र मुड्कीले कुटपिट गर्नुका साथै ज्यानमार्ने धम्की समेत दिएको पौडेलको आरोप  छ ।

वडाअध्यक्ष इन्द्रबहादुर शाहीले भने आफूले छलफलका क्रममा सामान्य भनाभन भएको तर आफूले हातपात नगरेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले डिल्लिराम घटनाका बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई निर्देशन दिएको बताए ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले निवेदनका बारेमा सत्यतथ्य बुझेर कारबाही प्रक्रिया अगाडि बढाउनको लागि उजुरी वडा प्रहरी कार्यालय वालिङमा पठाएको जानकारी दिएका छन् ।

डिएसपी भण्डारीले घटनाको सत्यतथ्य बुझेर आरोपित दोषी ठहरिएमा कानुुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

अन्य

भिडियो