इनरूवा नगरपालिका–१ का ७० वर्षीय वृद्ध रतनलाल यादवको अज्ञात पक्षले फागुन १९ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शरीरको विभिन्न अङ्गमा धारिलो हतियारले काटिएको र शरीर पलङलमा बाँधिएको अवस्थामा फागुन २० गते शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फागुन २१ गते गरिएको छ । घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने डिएसपी फुयाँलको भनाई छ ।