INSEC Online

📅 २०८३ जेष्ठ २२

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

११ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा पर्सा गाउँपालिका–२ सग्रामपुरका ३४ वर्षीय दिपक साह सोनारविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८३ वैशाख ७ गते उजुरी दिएको छ ।

आरोपितले बालकलाई रोजगारीको प्रलोभनमा पारी वैशाख ३ गते भारतको विहार राज्य पटनास्थित दरभंगामा लैजाँदै गर्दा प्रहरी चौकी कार्यालय संग्रामपुर अन्तरगत नेपाल भारत सीमामा खटिएका सशस्त्र प्रहरी बलको टोलीले आरोपितलाई सोधपुछ गर्ने क्रममा बालकलाई छाडेर भारततर्फ नै फरार भएको इन्स्पेक्टर विन्देश्वर यादवले बताए । बालकको प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ ।

बुधन साह

अन्य

भिडियो