गुल्मी जिल्लाकी २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ की ३२ वर्षीया सरस्वती खनाललाई फागुन १५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले महिलालाई विभिन्न प्रलोभन देखाई बेचबिखन तथा यौन व्यवसायमा संलग्न गराएको भन्दै फागुन १४ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले अनुसन्धान भइरहेको बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १५ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको