INSEC Online

📅 २०८३ जेष्ठ २१

कोदालो प्रहार गरी पत्नीको हत्या

मेचीनगर–१५ ज्यामीरगढीकी ३४ वर्षीया चम्पली राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति लखिन्द्र राजवंशीलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादमा लखिन्द्रले कोदालोले टाउकोमा प्रहार गर्दा चम्पलीको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्या आरोपी राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

शवको पोष्टमार्टम फागुन १४ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरी परिवारको जिम्मा लागाइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो