INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

पर्सा गाउँपालिका–४ की ४४ वर्षीया महिला सुनैना देवी यादवलाई सोही ठाउँका ३८ वर्षीय राजेश्वर यादव र ३६ वर्षीय सुमन कुमार महतोले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ चैत २४ गते उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितहरूले चैत ९ गते ‘बोक्सी’ आरोपमा गालिगलौज र कुटपिट समेत गरेको पीडितले बताउनु भयो । आरोपित पक्ष र पर्सा गाउँपालिका–१ र ४ का वडा सदस्यहरूले चैत १७ गते घटनालाई गाउँमै मिलापत्र गराउन प्रयास गरेको पीडितको आरोप रहेको छ । पीडित महिलाको स्वास्थ्य उपचार चैत ९ देखि ११ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भयो । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका ईन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिनु भयो ।

बुधन साह

अन्य

भिडियो