INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विष्फोट तथा आगजनीका घटनाप्रति आयोेगको ध्यानाकर्षण

देशका विभिन्न भागमा बम विष्फोट तथा आगजनी भएर जनधनको क्षति भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोेगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन १३ गते आयोगद्वारा जारी विज्ञप्ति अनुसार ललितपुर, काठमाडौँ, कञ्चनपुर, जाजरकोट, बागलुङ, म्याग्दी, रूपन्देही, कपिलवस्तु, पूर्वी नवलपरासी, कास्की, नुवाकोटलगायतका जिल्लाहरूमा बम विष्फोट तथा आगजनीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको कार्यालय परिसरमा घाइते भएका सिंगप्रसाद गुरूङको उपचारको क्रममा मृत्यु भएको र अन्य दुई जना घाइते भएको घटना आयोगको जानकारीमा आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

हिंसात्मक गतिविधिहरूबाट कहिँ कसैको पनि हित नहुने भएकोले यस्ता गतिविधि नगर्न, नगराउन आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सबैको मानव अधिकार तथा सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राखी नागरिकको जिउधनको संरक्षणमा जोड दिन तथा दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न र घाइतेहरूलाई उपचारको व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

अन्य

भिडियो