नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घभित्रको विवादका कारण भएको झडपमा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् ।
फागुन १२ गते दिउँसो कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहका विद्यार्थीबीच झडप भएको थियो ।
झडपमा पत्रकारहरू पुष्पा पोखरेल, केशव चन्द र सुनिता डङ्गोललाई सामान्य चोटपटक लागेको महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर हिक्मतबहादुर थापाले बताए ।
त्यसै गरी स्याङ्जाका २८ वर्षीय दिपेन्द्र क्षेत्री, स्याङ्जाकै २७ वर्षीय माधव भण्डारी, रामेछापका ३० वर्षीय रत्नहरि ढुङ्गेल घाइते भएका नेविसङ्घका पूर्व केन्द्रीय सदस्य डिल्लीराम सुवेदीले जानकारी दिए ।
झडपमा दोलखाका ३१ वर्षीय अर्वत खड्का र कालिकोटका २९ वर्षीय जीवन सुवेदी पनि सामान्य घाइते भएकोमा स्टार अस्पतालमा उपचारपछि घर पठाइएको अस्पतालले जनाएको छ ।
विवादले दुई समूहबीच ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ । पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरूलाई प्रवेश निषेध गरिएको अवस्थामा दुई समूहले फरकफरक माग राखी प्रदर्शन गर्दा झडप भएको नेविसङ्घका नेता डिल्लीराम सुवेदीले बताए ।
संस्थापन पक्षका विद्यार्थीहरू नेविसङ्घमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीत छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने