INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव बेचबिखन घटनाका दुई आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद तामाङलाई ०८२ चैत १६ गते गिरफ़्‌तार गरेको छ ।

काठमाडौं मनमैजु क्षेत्रमा सञ्चालनमा रहेका अशोक खाजाघर र मञ्जुश्री खाजाघरमार्फत पीडितलाई प्रलोभनमा पार्ने, डरत्रास देखाउने तथा जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउने गरेको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई गिरफ़्‌तार गरेको हो । उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनमोल पन्त

अन्य

भिडियो