INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको खुट्टा काटेको आरोपमा पति गिरफ्तार

पर्सागढी नगरपालिका–३ विरुवाटोलकी २५ वर्षीया हरिकला सहनीको खुट्टा काटेको आरोपमा ३० वर्षीय पति  विश्वनाथ सहनीलाई ०८२ चैत्र १४ गते प्रहरीले बडनिहार क्षेत्रबाट गिरफ्तार गरेको छ ।

विदेश जानका लागि बुबासँग पैसा माग भन्दा नमानेपछि पति विश्वनाथले चैत १ गते ओच्छ्यानमा दुवै हात र मुख बाँधेर अचानोमाथि खुट्टा राखेर काटी फरार भएका थिए । पतिविरुद्ध पीडितले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बस्नेतले जानकारी दिनुभयो । घाइते हरिकलाको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार गराइएको थियो । हरिकलाको बायाँ खुट्टा शरीरबाट नै अलग गर्नु परेको प्रहरीले बताएको छ ।

सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट र अङ्गभङ्गसम्बन्धी कसुरमा मुद्धा दर्ता भएको डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।

लैंगिक हिंसा नियन्त्रण सन्जालको कोषबाट पीडितकी आमा सुमित्रा कामीलाई छोरीको उपचार खर्चका लागि एसपी सुदीपराज पाठकले चैत १५ गते ५० हजार १ सय ५ रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । त्यसैगरी डिएसपी बस्नेतले पनि व्यक्तिगत रुपमा ५ हजार रुपियाँ सहयोग गर्नु भयो ।

तुलसी भण्डारी

अन्य

भिडियो