INSEC Online

📅 २०८३ जेष्ठ २१

कञ्चनपुर जिल्ला कारागारमा झडप हुँदा एक जना थुनुवा घाइते

कञ्चनपुर जिल्ला कारागारमा ०८२ चैत ८ गते साँझ थुनुवाहरुबीच भएको आपसी विवादका क्रममा झडप हुँदा एक जना थुनुवा घाइते भएका छन् ।

घाइते हुनेमा बेदकोट नगरपालिका–९ घर भई कञ्चनपुर जिल्ला कारागारको ब्लक ‘ए’ मा रहेका थुनुवा गणेश विष्ट रहेका छन् ।

आपसी विवादका क्रममा बेदकोट नगरपालिका–९ घर भई कञ्चनपुर जिल्ला कारागारको ब्लक ‘ए’ मा रहेका थुनुवा विष्टमाथि शुक्लाफँटा नगरपालिका–९ घरभई कञ्चनपुर जिल्ला कारागारको ब्लक ‘बी’ मा रहेका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गर्दा बिष्ट घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय, कञ्चपनुरका डिएसपी सागर बोहराले बताउनु भयो ।

चिर्पट प्रहारबाट घाइते भएका बिष्टको माहाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा ठाउँकोमा दुई ओटा टाँका लगाइएको र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य भएको समेत डिएसपी बोहराले बताउनु भयो ।

दुवै जना लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन् । कारागार व्यवस्थापन विभागसँग समन्वय गरी दुवै जनालाई अनेत्र कारागार पठाउने तयारी समेत भइरहेको कारागार प्रशासनले जनाएको छ ।

क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको यस कारागारमा यस अगाडि पनि झडपका घटनाहरु निरन्तर रुपमा हुँदै आएका छन् ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो