INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा हरिपुर नगरपालिका–७ चिताइनका २३ वर्षीय रवि कुमार चौधरीविरुद्ध पीडित पक्षले चैत ८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको छ ।

घटना पश्चात आरोपित चौधरी फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर शिव कटेलले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो