२० वर्षीया महिलालाई ०८२ भदौ ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले ५७ वर्षीय हजुरबुवालाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडितले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो । पीडित गर्भवती भएपछि उजुरी गर्न जिल्ला प्रहरी कार्यालयमा आएको इन्स्पेक्टर शाहले बताउनुभयो । पीडितको सात महिनाको गर्भ भएको र घरबाट चौतारा आउन समस्या भएकाले पीडितलाई हाल पुनस्थापना केन्द्र चौतारामा राखिएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत १ गते चौतारा अस्पतालमा गरिएको छ।