INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–३ हाकुकी ३२ वर्षीया आइतरानी दासको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पूर्णबहादुर दासलाई चैत ४ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई मादक पदार्थ सेवन गरी ०८२ चैत ३ गते कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत ४ गते इलाका प्रहरी कार्यालय, आठराईमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर काजीबहादुर बस्नेतले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा चैत ४ गते गरिएको छ । पीडित पक्षले सोहीदिन शव बुझी आठराई गाउँपालिका–३ हाकु तम्मर नदीमा सद्गत गरेको छ ।

 

सुरेश खत्री

अन्य

भिडियो