पर्सागढी नगरपालिका–३ विरुवाटोलकी २५ वर्षीया हरिकला सहनीको खुट्टा ०८२ चैत २ गते पति ३० वर्षीय विश्वनाथ सहनीले अचानोमा राखेर काटेका छन् । विश्वनाथले चैत २ गते ओच्छ्यानमा दुवै हात र मुख बाँधेर खुट्टा काटेको पीडित हरिकलाले बताइन्। विदेश जानका लागी बुबासँग पैसा माग भन्दा नमानेपछि पतिले खुट्टा काटेको पीडितले बताइन् । पीडितले चैत २ गते पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि बहादुर बस्नेतका अनुसार घाइते हरिकलाको वीरगन्जको एल.एस. न्यूरो हस्पिटलमा उपचार भइरहेको छ । आरोपित फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले बताएको छ ।