INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या गरेको आरोपमा चार जना गिरफ्‌तार

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले फागुन २३ गते घटनास्थलबाटै गिरफ्‌तार गर्यो । पीडित पक्षले फागुन २४ गते दिएको उजुरीको आधारमा शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भयो । हालसम्म परिवारजनले शवको सद्गत गरेका छैनन् । २३ गते दिउँसो बालिकाको शव वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा बेहाेसको अवस्थामा फेला परेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अन्य १५, १६ र १७ वर्षीय बालकहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बुढथापाले बताउनु भयो । मृतक बालिका कक्षा ११ मा अध्ययनरत थिइन् । मृतकका आफन्तहरूले सामुहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरुलाई कारबाहीको माग गरेका छन् ।

 

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो