INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार राज्य जिल्ला बेतिया जमुनिया ग्राम पञ्चायत–३ घर भई हाल जनकपुर उमनपा–४ बस्ने ५० वर्षीय रामलोचन मण्डलविरूद्ध पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्स्पेक्टर उमाशङ्करप्रसाद शाहले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न फागुन ६ गते नै जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौखिक उजुरीका आधारमा आरोपित मण्डललाई फागुन ५ गते नै गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो