११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्लाको दुहवी नपा–१ भलुवाका २२ वर्षीय सलमोदिन मियाँलाई फागुन २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा फागुन ३ गते गरिएको छ ।