INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले भत्काएको विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या

रामेछाप नगरपालिका–४ हिमगङ्गाको बोलङबोलङमा रहेको महारुद्र माध्यामिक विद्यालयको भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ ।

कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयको भवन २०७२ सालमा गाएको विनासकारी भूकम्पले क्षति पु¥याएको थियो ।

विद्यलाय अहिले त्यहि भूकम्ले क्षति पु¥याएको भवनमा सञ्चालनमा रहेको छ । साना कक्षाहरू भूकम्पले क्षति पु¥याएको भवनमा नै सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक पदवमबहादुर मगरले बताए ।

कक्षाकोठा भित्र विद्यार्थी राख्न र शिक्षक बसेर पढाउन पनि डरमर्दाे भएको उनले बताए । ‘भवन जीर्ण छन् । भूकम्पको सानो धक्काले पनि ठूलै क्षति हुन सक्छ तर विकल्प नभएपछि त्यस्तै भवनमा राखेर पढाउन बाध्य छौँ ।’–प्रअ मगरले भने ।

जीर्ण भवनमा पनि केही दिन अघि आएको हावा हुरीले छानाको जस्ता उडाएपछि पनठनपानमा नै समस्या भएको उनले बताए ।

विद्यालयमा भूकम्पले क्षति पुगेपछि बनाइएका अस्थायी टहरा पनि जिर्ण भएका छन् । ती टहरमा समेत विद्यार्थीलाई राखेर पढाउन मिल्ने अवस्था नभएको उनले बताए ।

जनजाति र दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयमा नयाँ विद्यालय भवन निर्माण नहुँदा समस्या भएको उनले बताए । विद्यालयमा शिक्षक र विद्यार्थी जोखिम मोलेर पठनपाठन गरिरहेका छन् ।

अन्य

भिडियो