INSEC Online

📅 २०८३ श्रावण १

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

रामधुनी नगरपालिका–१ झुम्काका ८४ वर्षीय नरबहादुर क्षेत्रीको अज्ञात पक्षले माघ २९ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शरीरको विभिन्न भागमा धारिलो हतियारले काटेको अवस्थामा शव पीडितको घर नजिकै माघ २९ गते स्थानीयले फेला पारेपछि इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेको इन्स्पेक्टर जितेश दहालले बताए ।

शवको प्रकृति हेर्दा हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताए । घटनाको अनुसन्धान कुकर प्रयोग गरी भइरहेकाले शवको पोष्र्टमार्टम गर्न केही समय लाग्ने एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो