खाँडाचक्र नपा– १ निवासी २९ वर्षीय सुमन शाहीलाई प्रहरीले लखेटेपछि माघ २९ गते बेपत्ता भएको पीडित परिवारले आरोप लगाएका छन् ।
कालिकोट जिल्लाको स्थानीय हाटबजार जित बजारमा गाडी स्टाफ र बजारका युवाहरूबीच विवाद भएपछि प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा युवकले कर्णाली नदिमा हाम फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।
विवादमा संलग्न रहेको भन्दै खाँडाचक्र नपा–२ का जिवस मल्ल र सोही नपा–१ का शेरबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले जानकारी दिए ।
उनका अनुसार केटाहरूबीच झडप भइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीलाई त्यस ठाउँमा पठाएर झडप नियन्त्रण गर्न खोज्दा कर्णाली नदीमा हाम फालेको हुन सक्ने आशङ्का गरिएको छ ।
बेपत्ताका परिवारले प्रहरीले लखेट्न खोज्दा भाग्ने क्रममा भिरबाट लडेर कर्णाली नदीमा खसेर डुबेको हुन सक्ने आशङ्का गरेको छ ।
बेपत्ता शाहीको टोपी र मफलर भिरमा अड्किएको छ । बेपत्ता शाहीको शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।