फतुवा विजयपुर नगरपालिका–६ पेट भरवा टोलकी ३५ वर्षीया आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पति ४५ वर्षीय महन्त राय यादवविरुद्ध माइती पक्षले ०८२ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।
पतिपत्नी बीचको आन्तरिक विवादको कारण फागुन २ गते हत्या गरी आरोपित फरार थिए ।
मृतकको टाउको र घाँटीमा चोट लागेको छ भने घटनास्थलबाट बन्चरो र धारिलो हतियार बरामद भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका सइ विश्वनाथ यादवले जानकारी दिए ।
माइती बस्दै आएकी आरती माघ २७ गते मात्रै घर फर्किएकी थिइन । पटकपटक मानसिक यातना दिने र कुटपिट गर्ने गरेको मृतकका बुबा राम आधार राय यादवले बताए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र फरार रहेको आरोपितको खोजी भइरहेको प्रहरीले बताएको छ ।