फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरकी २९ वर्षीया अञ्जली चेम्जोङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीया दिदी पुष्पा चेम्जोङ राईलाई गिरफ्तार गरेको छ।
घरायसी विवादका क्रममा ०८२ फागुन १ गते अञ्जली र पुष्पाबिच झगडा भएको थियो । सोही क्रममा कुटपिटबाट अञ्जलीको मृत्यु भएपछि प्रहरीले पुष्पालाई अनुसन्धानका लागि सोही दिन गिरफ्तार गरेको हो।
मृतक र आरोपित दाजुभाईका छोरी भएको प्रहरीले जनाएको छ।
शवको पोष्टमार्टम फागुन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा गरिएको छ।
सोही दिन पीडित पक्षले शव बुझि सेउती खोलामा सद्गत गरेको छ।