INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका–११ स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक शम्भुनाथ ठाकुरविरुद्ध पीडित पक्षले उपमहानगरपालिका अन्तरगत न्यायिक समितिमा २०८२ फागुन १ गते उजुरी दिएको छ ।

पीडित परिवारजनका अनुसार माघ २८ गते विद्यालय सञ्चालन भइरहेकै समयमा आरोपित शिक्षकले कक्षा कोठामै बालिकामाथि दुर्व्यवहार गरेका थिए। आरोपित शिक्षक दोषी ठहरिए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका अध्यक्ष किशोरी शाहले बताएका छन् ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको कारण सो अवधिसम्म शिक्षकलाई विद्यालयबाट निलम्बन गरिएको प्रधानाध्यापक कृष्णलाल कर्णले जानकारी दिए ।

सन्तोष कुमार यादव

अन्य

भिडियो