INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषामा एक युवतीको शव फेला

विदेह नगरपालिका –९ की २४ वर्षीया हलिमा खातुनको शव २०८२ माघ २८ गते जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया बजारदेखि पौडेश्वर जाने शहीदपथ अन्तर्गत कनकपट्टी जाने बाटो नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमले बताए । बिहान  स्थानीयले शव देखेपछि खबर  गरे लगत्तै प्रहरी टोली घटनास्थल पुगेको भन्दै मृतक युवतीको घाँटीमा गम्छा बेरिएको अवस्थामा भेटिएकाले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक आशङ्का गरिएको डिएसपी बमले बताए  । शव प्रादेशिक पोस्टपार्टमक लागि अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो