INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

बरहथवा नगरपालिका–६ की ३७ वर्षीया मनिषा देवी महतोलाई ०८२ माघ २६ गते राती खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा देवर २९ वर्षीय महेश कुमार महतोलाई इलाका प्रहरी कार्यालय बरहथवाले माघ २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले मनिषालाई खुकुरी प्रहार गरी हत्या गरी खाटमुनि राखिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरञ्जन भट्राटईले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

बुधन साह

अन्य

भिडियो