INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका-४ का ५० वर्षीय चन्द्रप्रसाद  सुवेदीलाई ०८२ माघ २२ गते गिरफ्तार गरेको छ।

आरोपितले बालिकालाई माघ २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २५ गते इलाका प्रहरी कार्यालय बानियाँभारमा उजुरी दिए। पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ।

प्रकाश पौडेल

अन्य

भिडियो