INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेको अवस्थामा महिलाको शव फेला

औरही गाउँपालिका–१ पौडेसरमा करिब २५ वर्षीया महिलाको शव हत्या गरेको अवस्थामा ०८२ माघ २३ गते साँझ सडक छेउमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुँवरका अनुसार मृतक महिलाको टाउकोमा गहिरो चोट देखिएको छ, जसका आधारमा हत्या गरिएको आशङ्का गरिएको हो । हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ  । शवको सोही दिन प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको यकिन कारण खुल्ने भन्दै घटना सम्बन्धमा अनुसन्धान भइरहेको एसपी कुँवरले बताउनु भयो।

 सन्तोष कुमार यादव

अन्य

भिडियो