INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गौमुखी गाउँपालिका— ६ की १९ वर्षीया सर्मिला घर्तीको हत्या गरेको आरोपमा पति २० वर्षीय अनिल घर्ती र देवर १८ वर्षीय जनक घर्तीलाई प्रहरीले ०८२ माघ १७ गते गिरफ्तार गरेको छ । ओरोपित विरुद्ध पीडितका आफन्तले माघ १७ गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिएका थिए ।

आरोपित दुवै जनाले ०८२ माघ १६ गते साझ घुम्न जाउँ भनि घर नजिकै रहेको गोन्द्रेचौरको भिरबाट कुटपिट गरी पल्टाई हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले बताउनु भयो । घटनाको खवर पाए पछि प्रहरी घटना स्थलमा पुगी अनुसन्धान गरि आरोपित दुवै जनालाई गिरफ्तार गरी जिल्ला अदालत प्यूठानमा म्याद थप गरी घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी अधिकारीले बताउनुभयो ।

शवको पोष्टमार्टम माघ १८ गते जिल्ला अस्पताल बिजुवारमा गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनायो।

रविन्द्र पाण्डे

अन्य

भिडियो