INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोदावरी नगरपालिका–७ देवीचौरकी २३ वर्षीया कोपिला नेपाली तामाङको माघ १६ गते बिहान हत्या गरेको ३० वर्षीय पति विनोद पाख्रिनलाई ०८२ माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले टिकाभैरवस्थित प्रहरी चौकीमा पुगेर पत्नीकाृ हत्या गरेको जनाउदै आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

घटना विवरण अनुसार ०८२ माघ १५ गते राति मादकपदार्थ सेवन गरी विनोदले कोपिलालाई चिर्पट प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका माघ १७ गते पाटन अस्पतालमा गरी पीडितका आफन्तजनलाई जिम्मा लगाइयो ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो