रत्ननगर नगरपालिका–४ बस्ने ६३ वर्षीया सुकमाया देवी तामाङको ०८२ पुस २६ गते हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका–२२ घर भई ललितपुर महानगरपालिका–१० बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ जिल्ला थाक्रे गाउँपालिका–५ बस्ने ३२ वर्षीय वुद्धिमान लामा, स्याङ्जा जिल्ला विरुवा गाउँपालिका–८ घर भइ रत्नगर नगरपालिका–४ बस्ने ३१ वर्षीय मिलन भन्ने कौ बहादुर गुरुङ, मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ घर भइ काठमाडौँको थानकोट बस्ने ४७ वर्षीय हिराबहादरु स्याङ्तानलाई माघ १४ गते गिरफ्तार गर्यो ।
यस अघि प्रहरीले अर्का आरोपित विजय भोलनलाई पुस २९ गते गिरफ्तार गरेको थियो । सुकमायाको शव पुस २७ गते उनकै घरमा हात, खुट्टा र मुखमा कपडाले बाँधेको अवस्थामा फेला परेको थियो । शवको पोष्टमार्टम सोहिदिन भरतपुर अस्पतालमा गरी परिवारजनले सद्गत गरे ।